समाचार

गृहमन्त्रालयका प्रवत्ता नै ट्राफिक कारवाहीमा

गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए । गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ३४६ नम्बरको सरकारी गाडी राखेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक… पुरा पढौ

नायिका करिश्मा पनि पास भईन, कुन ग्रेड ल्याईन ?

यो बर्षको एसइइ परिक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएर एसइइ उतिर्ण गरेकी छिन् । नायिका मानन्धरले काठमाण्डौ स्थित मैतिदेवीमा रहेको त्रिवेणी सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइइ परिक्षामा सहभागि भएकी हुन् । उनले ३ ल्याएको जनाईएको छ । करिश्माले ८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेको थियो । पुरा पढौ

मुख्यमन्त्रीद्वारा बेटीलाई साइकल

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गरेका छन । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्यमन्त्री राउतले आज सोही विद्यालयमा आयोजित कार्यक्रममा साइकल प्रदान गरेका हुन् । मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढाटाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला… पुरा पढौ

पोर्चुगलमा उपचारको क्रममा एक नेपाली निधन

युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा एक नेपालीका उपचारकाक्रममा निधन भएको छ । धादिङ जिल्ला घर भएका ५३ बर्षिय नेत्रबहादुर घलेको उपचारको क्रममा पोर्चुगलको राजधानी स्थित साउँ जोजे हस्पिटलमा गत शनिबार राती निधन भएको हो । मृतक घले बिगत तीन बर्षदेखि पोर्चुगलमा बस्दै आएका पारिवारिक श्रोतले बतायो । उनी २२ दिनदेखि हस्पिटलमा खुट्टामा भएको ठूलो घाउको इन्फेक्सन कारण उपचारार्थ थिए । मृतक घलेका श्रीमती दुई छोरी र एक छोरा रहेका छन्… पुरा पढौ

पूर्व मुख्यसचिव मल्लको निधन

पूर्व मुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी रहेका… पुरा पढौ

गोली हानेर कर्मचारी लुट्ने २ जना पक्राउ

धरानमा हतियार देखाएर लुटपाट गर्ने दुई जना लुटेराहरूलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय धरानले रातभर अप्रेशन गरेर २ थान पेस्तोल र २६ राउण्ड गोलीसहित उनीहरुलाई प्रहरीले मध्यरातमा पक्रन सफल भएको हो । केहि दिन अगाडी उनीहरूले धरान उपमहानगरपालिका ५ स्थित साउनेमा जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली हानी गम्भीर घाइते बनाई ४ लाख १० हजार नगद लुटेका थिए । धरानमा हतियारधारी समूहले मर्निङवाकमा… पुरा पढौ

रोजगारीका लागि चीन गएका ४४ नेपाली महिला ,उद्धार गरिदिन आग्रह

चीनमा रोजगारीका लागि गएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न गएका नेपाली चेली अलपत्र परेका हुन् । उनीहरुको भिसा अवधि सकिएर अलपत्र परेका हुन् । काठमाडौंस्थित गौशाला पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीले एकमहिने पर्यटक भिसामा चीन पठाएको थियो । अलपत्र परेका नेपाली चेलीहरुले आफुहरुलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरिदिन आग्रह गरेका छन्… पुरा पढौ

पिप्लेदेखि बन्दीपुरसम्मको सडक विस्तार तत्काल रोक्नुस्

तनहुँको पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले सडक विस्तारकार्य तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा विस्तार कार्य रोक्न आदेश जारी गरेका हुन । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गर्नुभएको रिटउपर बुधबार सुनुवाइ गरिएको थियो । गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र… पुरा पढौ

संगीतस्रोता पक्राउ

कवि तथा पत्रकार संगीत श्रोतालाई पनि प्रहरीले पक्राउ गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा साथीहरुसँग रहेका बेला बुधबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । चिया पिउन प्रदर्शनीमार्गमा जम्मा भएका बेला स्रोतालाई प्रहरीले पक्राउ गरेको हो। संगीत श्रोता नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। बुधबार दिउँसो रसुवाली कवि उपनामका ठाकुरप्रसाद तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तिमल्सिनालाई यसअघि गत वैशाखमा पनि प्रहरीले पक्राउ… पुरा पढौ

हस्तरेखाबाट थाहा पाउनुहोस् तपाइँको प्रेम विवाह हुन्छ कि मागी ?

हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् । हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं