गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डमा यतिबेला आवासीय नेपाली संघ( NRN) चुनाबी माहोल बढेको छ । आगामी २०१९–२१ को कार्यसमिति निर्वाचनको लागी एनआरएनका सदस्यहरु चुनावी माहोलमा होमिएका हुन् ।

नेपालका विभिन्न पार्टीदेखि संघसंस्था मात्र होईन न्युजल्याण्डका एनआसएन सदस्यहरुपनि अरु बेलामा सुतेर बस्ने तर चुनाव नजिक आउँदा केही काम गरेको जस्तो गर्ने परिपाटी नै बनेको छ । त्यही परिपाटीबाट गैरआवासीय नेपाली संघ न्यूजिल्याण्ड पनि अछुतो रहन सकेन । यस भन्दा अगाडी २०१५–२०१७ र २०१७–२०१९ गरी दुईवटा निर्वाचन सम्पन्न भई दुई जना गैर आवासीय नेपाली संघ ( NRN) न्युजिल्यान्डको अध्यक्ष पद प्राप्त गरिसकेका छन् अहिले त्यहाँ अस्वस्थ चुनावी प्रचार प्रसार यानकी उम्मेदवारहरुबीच आरोप प्रत्यारोप चलेको छ ।
बाबुराज महर्जन र कमल बाइबाको नेतृत्वमा खासै केही गर्न नसकेको उक्त संघ ( NRN) न्युजिल्यान्डको कमाण्ड अब घनश्याम सापकोटा र लाल के.सी. मध्ये एक जनाले सम्हाल्नका लागी चुनावमा होमिएका छन् । दुबै टोली आ–आफ्नो चुनावको प्रचारमा व्यस्त रहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । न्यूजिल्याण्डमा करिब १७००० नेपाली रहदै आएको पछिल्लो सर्वेक्षणले देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्नेका लागी यहा आउने गरेको तथ्याङकमा उल्लेख छ ।
तर विडम्बना न्युजिल्यान्ड आउने धेरै विद्यार्थीहरुले यहाँ गैर आवासीय नेपाली संघ ( NRN) छ या छैन पत्तो समेत छैन । किनकी उनिहरुका समस्याका लागी संघ कहिले देखा परेन । धेरै नेपालीलाई पछिल्लो समय गैर आवासीय नेपाली संघ ( NRN) को सदस्यता नविकरण गर्ने मन नलागेको बताउँछन । एकजना सदस्यले भविष्यमा कोही राम्रो मान्छे टिममा आउँछ की भनेर मात्र आफूले सदस्यता नविकरण गरेको बताए ।
अहिलेका प्रत्यासी घनश्याम र लाल जो आएपनि समग्र न्यूजिल्याण्डबासी नेपालीको हक अनि अधिकारको निम्ति कामगरी आमुल परिर्वतन गर्नुपर्ने चुनौती उनीहरुमा छ । केहि युवा उमेदबारको चुनाबी घोसडाले साच्चै नै माहोल तातेको छ आफ्नो लागि अध्यक्ष नभई न्यूजिल्याण्डबासी नेपालीको समस्याको प्रतिनिधित्व गर्न सक्ने अध्यक्ष हुन जरुरी छ र हाम्रोलाई हाईन राम्रो मान्छे चिनेर जिताउन आवश्यक छ ।






