ताजा समाचार

असार १३ गते २०७६

व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्याउल हल आधारभूत विद्यालय (मदर्शा) सुनसरीका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक उपर आरोप/पत्र दायर गरेको छ ।

अख्तियारले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त अनुदान रकम हिनामिना गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीविरुद्ध मुद्धा दायर गरेको हो ।

उनिहरु दुवै जनाले लापरवाही र बदनियत गरी शिक्षा कार्यालयबाट विभिन्न आर्थिक वर्षहरूमा विद्यालयको शौचालय निर्माण तथा छात्रवृत्तिको लागि प्राप्त अनुदान रकममध्ये ४ लाख ६० हजार ४ सय हिनामिना गरेको ठहरिएको छ ।

अख्तियारले मियाँ र चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले विगो रु. ४,६०,४००।–(चार लाख साठी हजार चारसय) माग गर्दै आरोप(पत्र दायर गरेको जनाएको छ ।


Loading...