कालसर्प योगको शान्तिको मुख्य सम्बन्ध देवाधिदेव महादेव तथा नागसंग छ । अतः कालसर्प योगको शान्तिको उपायमा भगवान अशुतोष एवं सर्पको मुख्य स्थान छ ।
शान्तिका उपाय
१. कालसर्प दोषले पीडित व्यक्तिले कालसर्प दोष शान्तिको साथै महिनामा १ पटक शनिबारको दिन गौमुत्र छर्ने ।
२. प्रत्येक बुधबारको दिन सुतिको कालो कोरा वस्त्रमा १ मुठी मास दाल १ मुठी हरियो मुंगको गेडा पोको पारी माग्ने अर्थात कान चिरेको जोगीलाई दान दिने । १०८ राहु मन्त्र जप गर्ने ।
३. हरेक तन्त्र शास्त्र शिवको अधिन छ । खरानी, भष्म र नाग शिवको श्रृंगारको साधन हो । यसर्थ कालसर्प दोष पीडित व्यक्ति वा राहु र केतुको नक्षत्रमा जन्मेको व्यक्ति वा राहु र केतुको महादशा वा अन्र्तदशा भएको व्यक्तिले शिव स्तुति शिव चालिसा वा नाग गायत्री मन्त्रको पाठ गर्दा अनुकुल फल प्राप्ति हुन्छ ।
४. जसको शत्रु धेरै छन वा शत्रुद्वारा प्रभावित छन, कार्यमा अधिक समस्या आई रहन्छ भने त्यस्तो व्यक्तिले जोडी सर्प मन्त्र जप गर्दै नदीमा प्रवाहित गर्ने ।
५. श्रीमदभागवतको दशंम स्कन्धको षोडश अध्याय १०८ पटक पाठ गर्दा कालसर्प दोष र पितृदोषको कुप्रभावबाट छुटकारा प्राप्त हुन्छ ।
६. कालसर्प दोष अथवा सर्पयोनीमा जन्मेका व्यक्तिले राहुकालमा शिव मन्दिरमा राहुको शान्ति उपाय गर्दा शीघ्र लाभ प्राप्त हुन्छ ।
७. नागपास यन्त्र वा नाग गायत्री यन्त्र आफ्नो नामबाट प्राण प्रतिष्ठा गरी वा गराई पूजा स्थानमा स्थापित गरी नवनाग स्तोत्र तथा नाग गायत्री मन्त्र १०८ पटक जप गर्दा कालसर्प दोष शान्त हुन्छ र समाप्त हुन्छ ।
८. प्रत्येक महिनाको पञ्चमी तिथिका दिन १ बर्षसम्म ब्रत गर्ने । साथै नागपास यन्त्रको सम्मुख प्रतिदिन नाग गायत्री मन्त्र १०८ पटक तथा पञ्चाक्षर मन्त्र १०८ पटक १ बर्षसम्म निरन्तर गर्दा यो दोषबाट पूर्ण मुक्ति पाइन्छ ।
९. राहुको तान्त्रिक मन्त्रको जप १८ हजार संख्या गरी वा गरायी दशांश मन्त्रद्वारा हवान गर्ने । मन्त्रः ॐ भ्रां भ्रीं भ्रों संः राहवे नमः
१०. प्रतिदिन राहु कालमा १ मुला राहु मन्त्र जप गर्दै नदी, फोहर नाली, तलाउमा प्रवाहित गर्ने ।
११. प्रतिदिन कुनै पनि शिव मन्दिरमा चन्दन र इत्र शिवलाई चडाई पञ्चाक्षर मन्त्र १०८ पटक जप गर्ने ।
१२. मासिक नाग पञ्चमीमा पञ्चामृतको रुद्राभिषेक शिव मन्दिरमा १ बर्षसम्म गर्ने ।
१३. नाग प्रतिमाको औधी प्राण प्रतिष्ठा गरी वा गराई शुक्लपक्षको बुधबार वा शुक्लपक्षको प्रदोष वा सोमप्रदोषमा धारण गर्ने ।
१४. चन्दनको काठको माला ७ मनका भएको बुधबार, शुक्रबार वा शनिबार स्नान आदि गरी राहुकालमा महादेवलाई चढाउने ।
१५. पलांसको फूललाई गौमुत्रमा कुटेर घाममा सुकाई त्यसको चूर्ण बनाई प्रत्येक बुधबार आफूले स्नान गर्दा प्रयोग गर्दा कालसर्प दोषको प्रभाव विस्तारै बिस्तारै समाप्त हुन्छ । हरेक बुधवार ७२ पटकसम्म यो स्नान गर्नु ।
१६. शनिबारको दिन आफ्नो वजन बराबर कोइला तौल गरी जहाँ भण्डारा वा गरिबको लागि निःशुल्क भोजन बन्ने स्थानमा दान गर्दा यस दोषबाट मुक्ति मिल्छ ।
१७. यस्तो शिवलिंग जहाँ सर्प छैन त्यस लिंगमा तामा र चाँदीको सर्प निर्माण गरी पूर्ण विधिवत पूजा प्राण प्रतिष्ठा गरी सोमबार प्रदोष वा सोमप्रदोषको दिन चडाई स्थापित गर्दा काल सर्प दोषबाट पूर्ण मुक्ति निश्चित मिल्छ ।
१८. महामृत्युञ्जय कवचको तिनै कालमा जप गर्दा कालसर्प दोष साथै पितृदोषको कुप्रभाव नष्ट हुन्छ । यस्तो पाठ ५१ वा १०१ दिनसम्म लगातार गर्ने ।
१९. यदि जन्म कुण्डलीमा कालसर्प दोषको साथसाथै चन्द्र राहु, सूर्य राहु, केतु चन्द्र र केतु सूर्य भए लहसुनियाको औठीमध्ये औंलामा धारण गर्दा यस योगबाट रक्षा हुन्छ ।
२०. घर, कार्यालय, कम्पनी तथा खल्ती, पर्समा अभिमन्त्रित मयुरको प्वाँख राख्दा राहु केतु शान्त हुन्छ ।
२१. बटुक भैरवको मन्त्र सवा लाख गर्ने वा गराउने र जपपछि हवन अनुष्ठान गर्दा कालसर्प दोष पूर्ण रुपमा समाप्त हुन्छ ।
२२. महामृत्युञ्जय मन्त्रको सवा लाख जप गरी गराई दशांश हवन गर्दा कालसर्प दोष दरिद्रता अभाव समाप्त भई जीवनमा सुख समृद्धि प्राप्त हुन्छ ।
२३ प्रत्येक शनिबार घोडालाई गुण र चना खान दिने । घोडाको खुट्टामा नाल ठोक्ने वा ठोक्न लाउँदा यस योगबाट मुक्ति मिल्छ ।
२४. सात शनिबार वा सात मंगलवार राहु तथा केतुको तान्त्रिक मन्त्रले हवन गर्दा यो दोष समाप्त हुन्छ ।
२५. जो ब्राहमण कालसर्प दोषबाट पीडित छन् तिनले सिखा टुपी अवश्य राख्नुपर्छ, राहुको कुप्रभाव कम हुन्छ । टुपीमा गाँठो पार्दा कालसर्प दोष पूर्ण समाप्त हुन्छ ।
कहाँ कहाँ गरिन्छ कालसर्प योग शान्ति ?
१. नासिक नजिकै त्र्यम्बकेशवर ज्योतिर्लिङ्गमा कालसर्प योगको शान्तिको विधान छ । यस मन्दिरमा कालसर्प योगको पूजा अर्चना गरी शान्ति गराइन्छ ।
२. दक्षिण भारतको तञ्जोर जिल्लामा पर्ने त्रिनागेश्वर राहु मन्दिरमा राहु कालमा राहुको अभिषेक र पूजनको विधान छ । यस मन्दिरमा प्रतिदिन अभिषेक गर्ने गराउँने गरिन्छ ।
३. दक्षिण भारतको विश्व प्रसिद्ध तिरुपति मन्दिरबाट लगभग ५० किलोमिटर टाढा रहेको कालहस्ति शिव मन्दिर छ । यस मन्दिरमा शिवको एकादश रुद्र अवतारमध्ये प्रथम अवतार र द्वितीय अवतार स्वयंभु शिवलिंग स्थापित छ । यस स्थानमा पनि कालसर्प योग शान्ति पूर्ण विधि विधानले गरिन्छ ।
४. उत्तराखण्डमा द्वादश ज्योतिर्लिंग चि केदारनाथभन्दा १५ किलोमिटर अगाडि त्रियुगी नारायण मन्दिरमा कालसर्प दोषको उपचार सम्भव मानिन्छ । गंगा र जमूनाको संगम स्थल इलाहबादमा पनि कालसर्प दोष साथै पितृदोषको उपाय तीर्थराज प्रयागमा कालसर्प दोष शान्ति साथै पितृदोष श्राद्ध पनि गरिन्छ ।
५. नेपालस्थित पोखराको विन्ध्यवासिनी, काठमाडौं पशुपतिनाथ र बागमतीको तटमा कालसर्प दोष पूर्ण विधि विधानले गर्दा यो दोष पूर्ण समाप्त हुन्छ ।
कालसर्प योग सम्बन्धी सबै भ्रम, यथार्थ जानकारीका लागि यो भिडियो पूरै हेर्नुहोला ।






