ताजा समाचार

असार १३ गते २०७६

८० जनालाई मादल बजाउन सिकाइयो

पोखरा वडा नं. १७ ले वडाका ८० जनालाई मादल बजाउने तालिम दिएको छ । १५ दिने तालिमको संयोजन संकल्प आमा समूहले गरेको हो ।

बिहीबार तालिम समापन भयो । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले यस्ता तालिमले आत्मविश्वास बढाउने बताए । उनले सिकेका सीपलाई व्यवहारमा लागु गर्न उनले आग्रह गरे । वडा सदस्य तथा कार्यपालिका सदस्य राधिका शाही योगीले सांस्कार, संस्कृति संरक्षणसहित व्यवसायिक आम्दानीमा पनि यस्ता तालिमले सघाउने बताइन् ।

कार्यक्रममा वडा सदस्यद्वय तारा सेवा परियार र शान्तादेवी गुरुङले पनि बोलेका थिए । शुशील गायकले प्रशिक्षण दिएको तालिममा ८० जना सहभागी थिए ।