उत्तम सञ्जेल दम्पत्ति धरौटीमा रिहा

समाजसेवी उत्तम सञ्जेल र उनकी श्रीमती कला जनही तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीहरुमाथि आफ्नै कर्मचारीको हत्या गरेको अभियोगमा मुद्दा चलेको थियो।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जनही तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो। समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन्।