पाँच वडा परिक्रमा गर्न मिल्ने पैदल मार्ग

जरेवर , सराङ्कोट टप ,कास्किकोट , नौडाँडा ,पन्चासे ,पुम्दिभुम्दी स्तुपा हुदै छोरेपाटन जाने पैदल मार्ग निर्माणको काम सुरु गरिएको छ ।सोहि पैदल मार्ग खण्डको कास्किकोटमा निर्माण गरिएको साइकल मार्ग तथा पैदल मार्गको उद्घाट्न गर्दै पोखरा महानगर प्रमुख मान बहादुर जिसिले चाडै यस आवमा पैदल मार्ग निर्माणको कार्य महानगरले प्राथमिकतामा राखेको बताउदै पाच वडा जोड्ने पैदल मार्ग निर्माणकार्यलाइ निरन्तरता पाहुने बताएका थिए ।

पर्यट्कको बसाइ लम्ब्याउनको लागी यस खालका पैदल मार्गले बिशेष भुमिका खेल्ने औल्याउदै प्राकृतिक सम्पदा दृश्यावलोकन सहितको यात्राले थप उर्जा थप्ने बताउनुका साथै अन्य स्थानका पैदल मार्ग संरक्षणमा महानगरले योजना बनाएर लागेको छ ।जिसिले थपे सहरी सडकका फुटपाथ सौन्दर्यिकरण गर्नुका साथै ग्रामिण पैदल मार्ग संरक्षण आजको आवश्यकता पनि हो साथै सहरी सडक निर्माण गर्दा फुटपाथ र ढल निर्माण अनिवार्य गरेका छौ ।

उद्घाटन कार्यक्रममा वडा न २४ क अध्यक्ष ओम प्रसाद सुबेदी ,पैदल मार्ग निर्माण समितिका अध्यक्ष बिष्णु हरि शर्मा ,पोखरा महानगरका अग्निधर त्रिपाठि ,सन्तु सुबेदी ,सोमनाथ भट्टराई ,लक्ष्मण तिमिल्सिना,नेकपाका अध्यक्ष मनहरी त्रिपाठि ,नेपाली काङ्ग्रेस १८ का सभापती शिव तिमिल्सिना ,खेमराज सुबेदी, मेघराज सुबेदी ,जिल्ला खेलकुद बिकास समितिका कोशाध्यक्ष दिपक गोदार ,साइक्लिङ्ग सिटिका अध्यक्ष शन्कर भन्डारी ,सरसफाइ समितिका सम्योजक धर्म गिरि ,समितिका सचिव तेजेन्द्र पौडेल लगाएत उपस्थित रहेका थिए ।