लालुपाते टोलको अध्यक्षमा जुना अधिकारी

पोखरा महानगरपालिका वडा नं. ६ को लालुपाते टोल विकास संस्थाका छैंटौं अधिवेसन तथा बाह्रौं साधारणसभाले जुना अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव क्रमशः दीपक त्रिपाठी, सुरेश न्यौपाने, प्रकाश पहारी र खगराज अधिकारी छन् ।

समितिका सदस्यमा सुरेश केसी, आलोक पहारी, प्रेमराज अधिकारी, शिशिरा पहारी, राधादेवी अधिकारी, शान्ति अधिकारी, राधादेवी अधिकारी, विजया पहारी र महेन्द्र बराल छन् ।

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडा कार्यालय र टोल विकास संस्थाबीच अन्योन्याश्रित सम्बन्ध भएको बताए । उनले समृद्धि, सरसफाइ, विकास, निर्माणका काममा टोल विकाससँग मिलेर काम गर्ने प्रतिवद्धता गरे ।

समितिका सल्लाहकार गोविन्दराज पहारीले टोल समृद्धिको आधार भएकाले विकास, निर्माण, सरसफाइ र समृद्धिका कामलाई टोलबाटै सुरु गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गोबिन्द बिखर्ची, खेम ढकाल लगायतले बोलेका थिए ।

टोलका अध्यक्ष मीरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक त्रिपाठीले स्वागत तथा सीता पहारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा वरिष्ठ सल्लाहकार गोबिन्द शर्मा विखर्चीलाई सम्मान गरिएको थियो ।