समाचार

ड्यामसाइड टोलमा नयाँ नेतृत्व

ड्यामसाइड टोल विकास संस्थाको १८ औँ साधारण सभा एवं अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । अधिवेशनबाट शिवमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत छानिएको हो । समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सदस्यमा सुश्मा सापकोटा, शान्ति थापा, कोपिला परियार, बुद्धिमाया तामाड, सुजिता श्रेष्ठ, सुनिल हिराचन र चन्द्र तुलाचन छन् । संस्थाको संरक्षकमा विष्णुराज बराल, संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ र सल्लाहकारमा दुर्गाप्रसाद लिगल, हरिकुमार श्रेष्ठ र शिवजी… पुरा पढौ

बन्दै गरेको मन्दिरको छतले किच्दा २ को मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग… पुरा पढौ

१९ वर्षपछि अभियुक्त पक्राउ

कास्कीको अन्नपूर्ण गाउँपालिकाका कुमार गुरुङ हत्या आरोपमा पक्राउ परेका छन् । गुरुङले २०५६ साल माघ ४ गते अन्नपूर्णकै मनप्रसाद गुरुङलाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरी घाइते बनाएक थिए । घाइते मनप्रसादको उपचारको क्रमा घटना भएको भोलिपल्ट मृत्यु भएको थियो । घटनापछि कुमार गुरुङ म्याग्दीमा र भारतमा गई बसेका थिए । भारतमा १४ वर्ष बसेपछि नेपाल फर्किएका उनलाई प्रहरील आइतबार पक्रेको हो । कुमारलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला… पुरा पढौ

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन… पुरा पढौ

३७ औं विपी स्मृति दिवस ,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औँ स्मृति दिवस उनकाे योगदानको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियाे । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्… पुरा पढौ

जिब्रो काटेर शिवलिंगमा

अन्धविश्वासले ग्रस्त एक युवकले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएका छन् । भारतको छत्तीसगढ राज्यको कोरबा जिल्लाका लक्ष्मी प्रसाद नामका युवकले यस्तो गरेका हुन् । स्थानीयका अनुसार लक्ष्मी प्रसाद शिवभक्त हुन् । आइतबार उनी घरमा केही नभनी घरबाट निस्किएका थिए । उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गर्न थाले । उनी गाउँभन्दा बाहिर एउटा नालीको छेउमा खुला मैदानमा भगवान शिवको शिवलिंग लिएर बसेका थिए । लक्ष्मीको नजिक गएर हेर्दा… पुरा पढौ

श्रीमान् इन्चार्ज, श्रीमती अध्यक्ष

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ । आइतबारको सचिवालय बैठकले मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारी विरोध खतिवडालाई दिएको छ । पनि प्रतिनिधि सभा सदस्यसमेत हुन् । नेकपा जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल छिन् । उनी प्रदेश ३ सभा सदस्यसमेत हुन् । उनी तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्। पुरा पढौ

घटयो लेवी, कुन शूल्क कति ?

नेपाली कांग्रेसले नयाँ निर्धारण गरेका सम्पूर्ण शूल्क घटाएको छ। शूल्क बढाएको विषयमा पार्टीभित्रबाट आलोचना भएपछि सदस्यहरुले पार्टीलाई बुझाउनु पर्ने सम्पूर्ण शुल्क घटाएको हो।  मस्यौदा समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमावली संशोधन गरेर प्रारम्भिक सदस्यता शुल्क, क्रियाशील सदस्यता शूल्क, लेवीलगायतका पार्टीले लिने सबै शूल्क घटाएको जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रारम्भिक सदस्यताका लागि २० रुपैयाँ निर्धारण गरेको छ। यसअघि असार २२ गतेबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा… पुरा पढौ

कुटपिटपछि घाँटी रेटेर हत्या

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ । प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना (दुई पुरुष र दुई महिला) गाउँमा झारफुक (धामी झाक्री) को काम गर्थे। उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ । आरोप छ कि सुतिरहेका उनीहरुलाई हमलाकारीले उठाए र गाउँको चोकमा ल्याएर कुटपिटपछि घाँटी रेटेर हत्या गरे। अहिले घटनास्थलमा… पुरा पढौ

सातै प्रदेशमा प्रशिक्षण

नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं