ड्यामसाइड टोल विकास संस्थाको १८ औँ साधारण सभा एवं अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । अधिवेशनबाट शिवमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत छानिएको हो ।
समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सदस्यमा सुश्मा सापकोटा, शान्ति थापा, कोपिला परियार, बुद्धिमाया तामाड, सुजिता श्रेष्ठ, सुनिल हिराचन र चन्द्र तुलाचन छन् ।
संस्थाको संरक्षकमा विष्णुराज बराल, संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ र सल्लाहकारमा दुर्गाप्रसाद लिगल, हरिकुमार श्रेष्ठ र शिवजी बराल छन् ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले संस्थाले गर्ने हरेक
सामाजिक कार्र्यमा वडाको साथ रहने प्रतिबद्धता गरे । उनले वडाकै नमुना टोल विकास संस्थाको रुपमा ड्यामसाइड टोल विकास संस्थालाई आफूले लिएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी, पत्रकार दुर्गा अधिकारी, ड्यामसाइड क्लबका अध्यक्ष पद्मबहादुर ढकाल लगायतले बोलेका थिए ।
टोलले १८ वर्षदेखि विभिन्न सामाजिक तथा विकास निर्माणका कार्य गर्र्दै आएको छ । संस्थाले पार्क संरक्षण, नेतृत्व विकास तालिम, सौर्यबत्ती जडान, ढिकी जातो निर्र्माण, किरियायापुत्री भवनसमेत निर्माण पनि गरेको छ ।






