रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औं पदस्थापना कार्यक्रम पोखरामा भएको छ । २०१८÷१९ का अध्यक्ष बाबुराम पाठकले २०१९÷२० को अध्यक्ष अर्जुन थापालाई पद हस्तान्तरण गर्दै समाजको हितका निम्ति सदैव अगाडि बढ्ने शुभकामना दिए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले फिस्टेल स्मारिकाको विमोचन गर्दै रोटरी क्लबले समाजमा पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा असिस्टेन्ट गर्भनर मीनु कुँवर श्रेष्ठले नवनियुक्त अध्यक्ष अर्जुन थापालाई सपथ ग्रहण गराइन् । कार्यक्रममा पूर्व अध्यक्ष विनोद कोइरालाले क्लबले सामाजिक सेवाका लागि अन्तर्राष्ट्रिय दातृनिकायसँगको सहकार्यमा शिक्षा स्वास्थ्य र बातावरणको क्षेत्रमा कार्य गर्न सफल भएको बताए । क्लबबाट विद्यालयमा सहयोग, भूकम्प प्रभावित विद्यालय बनाउनदेखि लिएर खानेपानी जस्ता पूर्वाधारमा प्रत्येक वर्ष १ करोड लगानी गर्दै आएको भन्दै यस वर्ष भने २ करोड लगानी गर्ने लक्ष्य रोटरीको रहेको बताए ।
क्लबको बोर्ड अफ डाइरेक्टरमा आइपिपी बाबुराम पाठक, पे्रसिडेन्ट इलेक्ट रमेशप्रसाद कोइराला, भाइस प्रेसिडेन्ट अशोक चालिसे, सचिव दीपक पोखरेल, ज्वाइन्ट सेक्रेटरी सिर्जना भुर्तेल, टे«जरी लक्ष्मी कुवँर, सर्जन एट आर्म नरबहादुर गुरुङ, क्लब टे«नर विनोद कोइराला चयन भएका छन् ।

क्लब इडिटर विमला भण्डारी, वेभ मास्टर आदित्य चन्द, क्लब एडेमिन डाइरेक्टर रमाकान्त बराल, क्लब मेम्मरसिप डेभलपमेन्ट डाइरेक्टर सुरेन्द्रप्रसाद श्रेष्ठ, कम्युनिटि सर्भिस डाईरेक्टर लक्ष्मी थापा गिरी, पब्लिक रिलेसन डाइरेक्टर बिष्णुहरी तिमिल्सिना र भोकेसनल डाइरेक्टर डा. सुनु दुलाल चयन भएका छन् । क्लबमा प्रवेश गरेका नयाँ सदस्य प्राडा. ध्रुवबहादुर अधिकारी भरतमणि पाठक, कमला गिरी र रवीन्द्र केसीको परिचय क्लब उपाध्यक्ष अशोक चालिसेले परिचय गराएका थिए ।






