आज विज्ञानले ठूलाठूला चमत्कार गरेको छ । वैज्ञानिकहरूले धेरै आश्चर्यजनक चीजहरूको निर्माण गरेका छन् । तर सबैभन्दा ठूलो चमत्कार मानिसले आफ्नो नक्कल उतार्न सकेको छैन । वैज्ञानिकहरूले चमेराको नक्कल गरेर राडर बनाए ।
पंक्षीहरूको नक्कल गरेर विमान बनाए, माछाको नक्कल गरेर भए पनि डुब्बी बनाए तर आजसम्म मनुष्यको नक्कल उतार्न सकेको छैन । कम्प्युटर, रोबर्ट आदि अनेकोैं चीज विज्ञान बनाइरहेको छ तर पनि मानवको पूर्ण नक्कल गर्न विज्ञान असमर्थ छ ।
वास्तवमा इश्वरको सृष्टिको जुन क्रम छ, सूत्र छ, प्रकृतिको जुन रहस्य छ, तिनीहरूको खोज गरी त्यसकै आधारमा चिजहरूलाई मिलाएर विज्ञानले धेरै चिज बनायो । फलामबाट कारहरू बनाए, तामाबाट बिजुलीको तार बनायो तर फलाम र तामा जुन मूलभूत धातु हुन् यसलाई बनाउन सकेन । सबैभन्दा ठूलो कुरा त विज्ञानले जान्न सकेन कि हामी के हौं र को हौं भनेर ।
आज हामीले संसारको कुना कुना खोज्यौं, रकेटद्वारा चन्द्रमा पुग्यौं, जमीनलाई प्वाल पारेर तेल निकाल्यौं, खनिज पदार्थ निकाल्यौं, हीरा, मोती आदि प्राप्त गर्यौं । समुद्रको गहिराइ नाप्यौं तर आँफैले आँफैलाई चिन्न सकेनौं । यही मानवको सबैभन्दा ठूलो कमजोरी हो । मानव आफैले आफैंलाई बिर्सियो ।
१ पटक ४ साथीहरू नदी पार गरिरहेका थिए । नदी पार गरेपछि उनीहरूले भन्न थाले, हामी कति छौं गन्नुपर्छ । नदी तर्दा हामीमध्ये कसैलाई पानीले बगाएको नहोस् । किनकि नदीको धार तेज थियो । पहिलो व्यक्तिले गन्न सुरु गरे १, २, ३ । उनले भने, ‘भाइ गन्दा त हामी ३ जना छौं, १ जना त डुबेछ्न् ।’ दोस्रोले भने, ‘तिम्रो गन्तीमा गल्ती भएको हुनसक्छ । म गन्छु १, २, ३ र भने साँचै हाम्रा १ मित्र पानीमा डूबे ।’

अब ती मानिसहरू काल्पनिक डुब्ने मित्रका लागि विलाप गर्न थाले । उनीहरू भन्न थाले, हाम्रो १ मित्र डुब्यो भगवान उसको आत्मालाई शान्ति देऊ । यसैबीच त्यहाँबाट १ साधु महाराज जाँदै थिए । उनीहरूलाई रोएको देखेर सोधे, के भयो किन रोएको ? उनीहरूले भने, हाम्रो १ मित्र पानीमा डुबे ।
साधुले सोधे, तिमीहरू कति जना थियौ ? उनीहरूले भने, हामी ४ जना मित्र थियौं । अब हामी ३ भयौं !
साधु महाराज हाँस्न थाले । उनले बुझे कि उनीहरू भित्र कमि के छ । गन्नेवालाले आफैले आँफैलाई गनि रहेको थिएन । साधु महाराजले उनीहरूको भूलको महसुस गराएर जब उनीहरूले आँफैले आँफैलाई गने तब ३ पुग्यो । गल्ती ठीक भयो । उनको जो डुबेको काल्पनिक मित्र थियो त्यो मिल्यो । उनीहरूले बुझेकी कुनै मित्र पानीमा डुबेको छैन ।
यसैगरी हामीले भने आँफैले आँफैलाई गनेको छैनौं । यहि हालत हाम्रो भएको छ । आज हामी चन्द्रमा, मंगल ग्रह, संसार, तत्वलाई गन्न थाल्यौं तर आँफैलाई हेर्न बिर्सियौं । केवल संसारको जनसंख्यालाई गनि रह्यौं । यही मानवको दुर्भाग्य हो । दुःखको मूल कारण यहि हो । जसकारण सबै कुरा प्राप्त भएपछि पनि मानव अशान्त छ, दुःखी छ ।
आज विज्ञानले धेरै कुरा दिएको छ तर मानिसलाई शान्ति दिएन । विज्ञानले कार बनायो, रेल र हवाइजहाज बनायो । दुर्घटना नहोस भनेर तिनीहरूमा ब्रेक बनायो । तर विज्ञानसँग मानवको मन रोक्ने कुने ब्रेक छैन ।
मानवको मन चञ्चल र अशान्त छ । जबसम्म मन चञ्चल र अशान्त रहनेछ । मावन कहिले पनि सुख शान्तिलाई प्राप्त गर्न सक्ने छैन । धनी देशका मानिसहरू पनि अशान्त छन् । कोही राजा बनेर पनि दुःखी छन् त कोही गरीब भएर सुखी बन्ने आशामा छन् । संसारको कण कणमा खोजौं सुखी कोही मिल्ने छैन । सबै दुःखी छन् ।
सुखी जो छन् जसले आफ्नो मनको निरोध गरेर आँफैले आँफैलाई चिने, आत्मालाई चिने । केवल जसले मनलाई रोके, चित्तवृतिको निरोध गरे, त्यही सुखी छन्, बाँकी सबै जना दुःखी छ ।
यसैमा एक रमाइलो प्रसंग छ । केहि मानिस सुखी को छ भनेर खोज्न निस्किए, तब उनीहरू भगवान शिव भएको ठाँउमा पुगे ।
तब महादेव पनि निकै उदास अवस्थामा बस्नुभएको थियो । महादेवले भन्नुभयो, मेरो छोरा कार्तिकेय जब मयुरमा बसेर आउँछ तब उसको मयूरले मेरो सर्पलाई खानलाई कुद्छ मेरो गलाको सर्प भाग्छ मलाई यो दुःख लाग्छ ।
गणेशजी भएको ठाँउमा जाँदा उहाँ पनि उदास देखिनुभयो । सोधियो तब उहाँले भन्नुभयो, म आफ्नो पिता भएको ठाँउमा जान्छु । तब उहाँको गलाको सर्प मेरो वाहन मुसालाई खान खोज्छ । मुसा पनि ज्यान बचाउन त्यहाँबाट भाग्छ मलाई यसै बिषयमा दुःख लाग्छ ।’
अघि गएर उनीहरूले ब्रह्माजीलाई भेटे । सोधे तपाईँ किन अशान्त बस्नुभएको छ ? उहाँले भन्नुभयो, ‘सारा जगतलाई उत्पन्न गर्ने वाला नरनारीहरूलाई बनाउने वाला म एक गंगोत्रीको रुपमा स्थित छु तर मलाई दुःख छ कि मेरो छोरो नारद कसैसँग विवाह गर्दैन ।’
त्यहाँबाट उनिहरू अघि गए तब देखे भगवान विष्णु पनि उदास बस्नुभएको छ । कारणमा उहाँले भन्नुभयो, मेरो जति दुःख कसैलाई पनि छैन । मेरो पत्नी देवी लक्ष्मी मानिसहरूको घरघरमा घुमि रहन्छिन् । सेठहरूको तिजोरीमा बसि रहन्छिन् । त्यो भन्दा ठूलो अर्को दुःख के हुन सक्छ ?’
भन्नुको तात्पर्य संसारमा दुःखै दुःख छ । त्यसको निवारणका लागि पहिले आफूले आफूलाई चिन्नुपर्नेछ । सुख आँफै भित्र छ ।-सर्वे भवन्तु सुखिन: भाग १






