मुख्य समाचार

प्रधानमन्त्रीको काखमा रवीन्द्र पुत्र, आँखामा हाले पनि नबिझाउने थिए रविन्द्र : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले दिवंगत रविन्द्र अधिकारीलाई लालगेडी जस्तो भएको बताएका छन् ।, “आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी ” शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसरी सम्झिए । सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिनुभएन “मैले रविन्द्रलाई २०३९ सालमा चिने… पुरा पढौ

ओली नै ५ वर्ष प्रधानमन्त्री : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै ५ वर्षसम्म सरकार चलाउन सक्नुहुने बताए । “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भने, “सरकार सञ्चालन हामी सहमति… पुरा पढौ

सुनकाण्ड र निर्मलाका हत्यारा बालुवाटारमै : शेखर

नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको सभामा उनले वालुवाटारमै हत्यारा भएकाले पत्ता लाग्न १२ वर्ष लाग्न सक्ने बताएको जिकिर गरे । कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए । पुरा पढौ

कांग्रेसले भन्यो : सांसदलाई ६ करोड नदेऊ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बजेटमार्फत सांसदलाई ६ करोड दिने घोषणाको विरोध जनाएको छ । कांग्रेसद्वारा गठित छायाँ सरकारका अर्थमन्त्री तथा सांसद मीनेन्द्र रिजालले निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा सांसदलाई योजना छान्न दिनुको कुनै औचित्य नभएको औंल्याएका छन् ।सरकारले बुधबार ल्याएको बजेटमाथि शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिक्रिया दिने क्रममा रिजालले स्थानीयस्तरमा निर्वाचित स्थानीय सरकार रहेकाले सांसदलाई तजविजी योजना छान्ने गरी बजेट दिनुको औचित्य नहुने बताए । ‘सांसदलाई ६ करोड… पुरा पढौ

४/५ दिनमा नै पद छाड्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत्त रहेका केपि शर्मा ओलीले ४ /५ दिनमै प्रधानमन्त्री पद छाड्ने बताएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आलोपालो सरकार चलाउने सहमति अनुसार नै आफुले पद छाड्ने बताएका हुन् । नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिन अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उठाउँदै दुवै अध्यक्षबीच कुनै समस्या नरहेको… पुरा पढौ

सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुन्छ : नेता गौतम

नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने बताएका हुन् । नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएकोले अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने उनले बताए । दुई दिन अघिमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणा अघि आफु र प्रधानमन्त्री ओलीबीच अढाई अढाई बर्ष… पुरा पढौ

यस कारण गृहमन्त्रीका कार्यकर्ताले भत्काए रंगशाला

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रकै समीकरणका कारण रामबहादुर थापा वादलका निकट कार्यकर्ताले चितवनको रंगशालाको पर्खाल भत्काएको खुलेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला चितवन यो विवादले विकास पनि प्रभावित भएको छ । कँडेलको समूहले निर्माणको ठेक्का जुनसुकै हालतमा पाउनुपर्ने बताउँदै आएका थिए । कँडेललाई मेयर तथा दाहाल पुत्री रेणु दाहालको आदेशमा प्रहरीले गिरफ्तार गरेको छ । गृहमन्त्री बादल हुँदा उनी मातहतमै रहने… पुरा पढौ

४० नयाँ गन्तव्यको खोजीमा प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको बताएका हुन् । उनले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए । मन्त्री लम्सालले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य… पुरा पढौ

ठेकेदारसँग घूस लिँदालिँदै वडा सदस्य पक्राउ

महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई शुक्रवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै… पुरा पढौ

विदेश जाने नेपाली कामदारको उडान शुक्रबारदेखि रोकियो

वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपाली कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् । गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो । संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं