ताजा समाचार

जेठ १७ गते २०७६

४/५ दिनमा नै पद छाड्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत्त रहेका केपि शर्मा ओलीले ४ /५ दिनमै प्रधानमन्त्री पद छाड्ने बताएका छन् ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आलोपालो सरकार चलाउने सहमति अनुसार नै आफुले पद छाड्ने बताएका हुन् ।

नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिन अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उठाउँदै दुवै अध्यक्षबीच कुनै समस्या नरहेको स्पष्ट पारेका थिए ।

कुराकानीका क्रममा ओलीले सहमति अनुसार एकबर्ष प्रधानमन्त्री पदमा रहने समय भएपनि ४–५ दिन मै प्रचण्डलाई पद हस्तान्तरण गर्ने भन्दै हासेका थिए ।