ताजा समाचार

जेठ १७ गते २०७६

यस कारण गृहमन्त्रीका कार्यकर्ताले भत्काए रंगशाला

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रकै समीकरणका कारण रामबहादुर थापा वादलका निकट कार्यकर्ताले चितवनको रंगशालाको पर्खाल भत्काएको खुलेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला चितवन यो विवादले विकास पनि प्रभावित भएको छ ।

कँडेलको समूहले निर्माणको ठेक्का जुनसुकै हालतमा पाउनुपर्ने बताउँदै आएका थिए । कँडेललाई मेयर तथा दाहाल पुत्री रेणु दाहालको आदेशमा प्रहरीले गिरफ्तार गरेको छ । गृहमन्त्री बादल हुँदा उनी मातहतमै रहने प्रमुख जिल्ला अधिकारीलाई कँडेललाई नछाड्न दबाब छ । चितवनका एसपी दानबहादुर मल्ल यसअघि प्रचण्डका पर्सनल सेक्युरिटी अफिसर भइसकेका थिए ।

धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ठेक्का नपाउँदा बादल निकट प्रकाश कँडेलले नपाउँदा पर्खाल भत्काएका हुन् । गृह जिल्लामा प्रचण्ड बादलबीचको मनमुटावले यो संकट आएको हो ।

प्रचण्डकी छोरी रेणु दाहाल मेयर रहेको चितवनमा वादल केपीसँग नजिक भएपछि घटना भएको हो । बादलले प्रचण्डको साथ छाडेर अर्का अध्यक्ष केपी ओली निकट भएपछि त्यसकै असर यहाँ देखिएको हो ।