ताजा समाचार

जेठ १७ गते २०७६

सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुन्छ : नेता गौतम

नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने बताएका हुन् ।

नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएकोले अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने उनले बताए ।

दुई दिन अघिमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणा अघि आफु र प्रधानमन्त्री ओलीबीच अढाई अढाई बर्ष प्रधानमन्त्री हुनेगरी लिखित सहमति भएकाले त्यो सहमति तोडिए कसैलाई राम्रो नहुने चेतावनी दिएका थिए ।