मुख्य समाचार

भन्सारका प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार विकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले एउटा सामानलाई अर्कै घोषणा गरी राजस्वको रकम भ्रष्टाचार गरेको भन्दै ५५ लाख १० हजार बराबरको बिगो र कैद दावी गर्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। ६५ लाख ४० हजार राजस्व रकम लिनुपर्नेमा न्यून मूल्यांन गरी सोही आधारमा १० लाख २९ हजार ४ सय १०… पुरा पढौ

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन, कास्कीका कार्की सदस्य

सरकारले नेकपा नेता देवी ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा दिन मन्त्रिपरिषद्ले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन बनाएको हो । आयोगमा कास्कीका भीम कार्की सदस्य छन् । उनी नेकपा केन्द्रीय सदस्यसमेत हुन् । कार्कीले सरकारको निर्देशन र ऐन बमोजिम लगनशील र क्रियाशील भएको काम गर्ने नेपालदुतलाई बताए । उनले भने, ‘लगनशीलता र इमान्दारिताले मैले यो जिम्मेवारी पाएको हुँ… पुरा पढौ

यस्तो छ सनसिटी अपार्टमेन्टको अवस्था (फोटो फिचरसहित)

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सनसिटी अपार्टमेन्टमा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि भयो । अपार्टमेन्टका बासिन्दा संक्रमण देखिएपछि यो क्षेत्र सिल गरिएको छ । अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । २ जनामा पिसिआरबाट पनि पोजेटिभ रिपोर्ट आएको छ भने अर्का एकको परीक्षण रिपोर्ट सार्वजनिक हुन बाँकी छ । उनीहरूलाई तीनै जनाको पाटन अस्पतालको आइसोलेसन… पुरा पढौ

वैशाख १५ सम्म लकडाउन

मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो। पुरा पढौ

भारतमा वैशाख २१ सम्म लकडाउन, नेपालमा के होला ?

भारतमा वैशाख २१ गतेसम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी समय थप गरेका हुन् । उनले यो पटक लकडाउन थप कठोरताका लागू गरिने जनाएका छन् । नेपालको लेकडाउन भने बैशाख ३ गते सकिँदै छ । अहिले वालुवाटारमा मन्त्री परिषद् बैठक जारी छ । पहिल्लो क्रममा नेपालमा संक्रमितको संख्या १४ पुगेको छ भने संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण रोक्न लकडाउन… पुरा पढौ

कास्कीकाे घान्दुकका लक्षिनकाे काेराेनाबाट निधन

पोखराले फेरी अर्को फुटबल खेलाडीलाई बेलायतमा गुमाउन पुगेको छ । १२ दिनदेखि अस्पतालमा उपचाररत लक्षिनबहादुर गुरुंगको कोरोनाले ज्यान लिएको हो । एक साता नवित्दै दुई खेलाडीको निधनले पोखरेली फुटबल क्षेत्र फेरी एकपटक स्तब्ध बन्न पुगेको छ । यसअघि पोखराकै पुराना खेलाडी मेखबहादुर गुरुगंको निधन भएको थियो । लक्षिन ६५ वर्षको उमेरमा निधन भएको हो । बेलायतस्थित रिडिंगमा बस्दै आएका उनी ए डिभिजन क्लब संकटाबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले… पुरा पढौ

गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउनेहरु जेल चलान

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराउनेहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका लोकन्थलीस्थित मनोरमपार्क नजिक पूर्व बाँस्कोटाको घरको पूर्व पट्टीको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका लक्ष्मण सेठ्ठि, अमृत बहादुर कुमाल र टेक बहादुर बिकलाई भक्तपुर जिल्ला अदालतको चैत ३० गते आदेश बमोजिम पुर्पक्षका लागि कारागर पठाइएको हो । पुरा पढौ

घर देैलोमै पाए लोमान्थाङबासीले लकडाउन राहत

उत्तरी सीमावर्तीक्षेत्रमा बसोबास गर्ने अतिविपन्न ,गरिव ,असहाय तथा दैनिक ज्यादारी गरी घर गुजारा चलाउने व्यक्तिलाई लोमान्थाङ गाउपालिकाले राहत वितरण गरेको छ । साविक छोसेर ,छोनुप र लोमान्थाङ गाविसका १ सय ५१ जना व्यक्तिलाई राहत वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । लोमान्थाङ गाउपालिकाले वडा –१ मा २५ जना ,वडा–२ मा २१ जना ,वडा –३ मा २५ जना ,वडा–४ मा ३२ जना र वडा –५ मा ५६… पुरा पढौ

रौतहटमा पनि भेटियो संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको लम्कीमा रेपिड परीक्षणमा कोरोना देखिएकी ६५ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । यस्तै रौतहटका १९ वर्षीय पुरुषमा पनि कोराना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । सोमबारसम्म १० हजार ९ सय ८२ परीक्षण भएका छन् । आजसम्म क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन् । आइसोलनमा १ सय ३ जनाको उपचार भइरहको छ ।… पुरा पढौ

सुदूरपश्‍चिममा १ संक्रमित थपिए, नेपालमा १३ संक्रमित

कैलालीको लम्कीचुहा नगरपालिका १ की ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्। अब सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं