मुख्य समाचार

अर्का संक्रमित पनि निको भए, उदयपुरमा जाँच गर्न हेलिकोप्टरबाट टोली

अकस्मात कोरोना संक्रमितको संख्या दोब्बर भएपछि चिन्ता थपिएका नेपालीलाई सुखीको खबर छ । सेती अस्पतालमा उपचाररत २१ वर्षीय कोरोना संक्रमित पुरुष निको भएर आइतबार डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ४ जना निको भई घर फर्केका छन् भने २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले देशभर आइसोलेसनमा १ सय ३ जना आइसोलेसनमा छन् भने ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… पुरा पढौ

पैसा फालेर फरार एक महिलामा देखियो ‘आरडिटी पोजेटिभ’

जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेका दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको सन्त्रासकाबीच पैसा फालेर फरार भएका भनिएका महिलालाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ। शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरकी आमुना खातुन… पुरा पढौ

नेपालमा संक्रमित बढ्दैमा चिन्ता गर्नु पर्दैन

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ | अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन | विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन | विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा… पुरा पढौ

नेपालमा एकै दिन दोब्बर भयो स‌ंक्रमितको संख्या

नेपालमा शुक्रबार एकै दिन कोभिड १९ संक्रमितको संख्या उच्च वृद्धि भएको छ । शुक्रबारमात्रै १४ नयाँ संक्रमित भेटिएपछि नेपालमा कोरोना रोगीको संख्या ३० पुगेको छ । शुक्रबार भारतबाट आएर उदयपुरमा लुकेर बसेका १२ जना र चितवनका २ जना गरी १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उदयपुरका संक्रमित १२ जनै पुरुष हुन् । चितवनबाट बिहीबार बेलुका ल्याइएका २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको छ । चितवनमा २… पुरा पढौ

विपन्नलाई घरमै राहत, खानै नपाउने अवस्था आए वडा वडामै खाना

लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही छनोट मापदण्ड भित्र परेका सेवाग्राहीले तत्काल खाद्यान्नको अभाव भएमा र यसअघि राहत नपाएकाहरुले सेवा लिन सक्नेछन् । पोखरा महानगरपालिकाको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ नम्बर फोन गरेर राहतका लागि नाम टिपाउन सकिने महानगरपालिकाले बताएको छ । राहत नपाएको… पुरा पढौ

‘सुकुम्बासी आयोग विघटन गर, घार्मीको वन मास्नेलाई कारवाही गर’

पोखराका नागरिक अभियन्ताहरुले लकडाउनको समयमा पोखरा १९ घार्मीमा ९ हेक्टर वन फडानी भएको भन्दै यसरी वनविनाश गर्नेलाई कारवाही गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर भूमे पुज्ने तीसढुंगे सामुदायिक वन फडानी गरी व्यक्तिको नाममा दर्ता गर्न शक्ति समूह सक्रिय रहेको भन्दै सरोकारवालाको ध्यानकार्षण गराएका हुन् । लकडाउनका बेला पोखरामा वन फडानी गरिनु र सुकुम्बासी आयोग गठनबारे उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा सिटीजन जुरीको तर्फबाट वरिष्ठ… पुरा पढौ

बिद्युत सेवा नियमित नहुदाँ मुस्ताङीलाईलक डाउन महङ्गो

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९)रोकथाम तथा नियन्त्रण भन्दै सरकारले चैत्र १० गते मुलुक लक डाउन ग¥यो ।लक डाउनले मुलुक ठप्प छ । लक डाउनसंगै मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएको छ । जिल्लाका २ सय भन्दा बढी होटल तथा रेष्टुरेन्ट पर्यटक नहुदा खाली छन । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र कागबेनी श्राद्धस्थल समेत सुनसान बनेका छन् । यस्तै ,संघ ,प्रदेश र स्थानीय तहका पूर्वाधार विकासका काम सबै रोकिएका… पुरा पढौ

कास्कीमा आजदेखि इ–पास, मृत्यु संस्कारमा जानेलाई मात्र पास

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि  विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ ।   सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । कास्कीका पनि आजदेखि परिवारका सदस्यको मृत्यु संस्कार जानेलाई मात्र… पुरा पढौ

अब राजमार्गमा हिड्नेलाई पक्राउ गरी मुद्दा चलाइने

सहरबाट हिँडेरै गाउँ फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको छ । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएकाले मुद्दा चलाउन नै निर्देशन भएको पुष्टि गरे । पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो । काम… पुरा पढौ

पोखराका कीर्तिमानी खेलाडीको कोरोनाबाट बेलायतमा निधन

पोखराले फेरी अर्को खेलाडीलाई गुमाएको छ । बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको हो । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । श्रेष्ठ भन्दा अघि नै पोखराले दुई अग्रज फुटबलरलाई गुमाई सकेको छ । स्याङजा घर भई पोखरा–६ जरेबर बस्दै आएका श्रेष्ठ नेपालका राष्ट्रिय किर्तिमानी खेलाडी हुन् । उनी सटफुटका किर्तिमानी खेलाडी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं