विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९)रोकथाम तथा नियन्त्रण भन्दै सरकारले चैत्र १० गते मुलुक लक डाउन ग¥यो ।लक डाउनले मुलुक ठप्प छ ।
लक डाउनसंगै मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएको छ । जिल्लाका २ सय भन्दा बढी होटल तथा रेष्टुरेन्ट पर्यटक नहुदा खाली छन । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र कागबेनी श्राद्धस्थल समेत सुनसान बनेका छन् । यस्तै ,संघ ,प्रदेश र स्थानीय तहका पूर्वाधार विकासका काम सबै रोकिएका छन् ।
कोरोनाकै कारण अहिले पुरै मुलुक ठप्प हुदा मुस्ताङमा भने दैनिक १६ घण्टा बढी लोडसेटिङ हुने गरेको पाईएको छ । लक डाउन समयमा पनि चरण लोडसेटिङ गरेको भन्दै जिल्लाका विभिन्न सरोकारवालाहरुले सामाजिक संञ्जालमा आक्रोस व्यक्त गरेका छन् ।लक डाउनमा विद्युत खपत् कम हुने अवस्थामा समेत जिल्लामा बिना सूचना पटक÷पटक लोडसेटिङ हुन थालेपछि सर्वसाधारणले सामाजिक संञ्जालमा आपत्ती प्रकट गरेका हुन् । लोघेकर दामोदरकुण्डका कर्मचारी ज्याकी मुस्ताङीले चरम लोड सेटिङका कारण पालिकाको नियमित कामकाज असहज भएको जानकारी दिए ।
यस्तै लोघेकर –३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले मुस्ताङको बिद्युत सेवालाई कोरोना भाईरस लागेको भनी सामाजिक संञ्जालमा कटाक्ष गरेका छन् ।उनले लक डाउनमा घरमै बस्नु परेको तर,बिद्युत नहुदा श्रव्यदृष्य सूचना प्राप्त गर्ने अधिकार हनन् भएको बताए ।
यता, मुस्ताङको विद्युत वितरण केन्द्र निलगिरि उपभोक्ता सहकारी संस्थाले लोड सेटिङबारे कुनै जानकारी गराएको छैन । जिल्लामा विद्युत आपूर्ति समस्याको कारण बारे जानकारी नगराईएको र विना सूचना पटक पटक लोडसेटिङ गर्नु विद्युत वितरणकेन्द्रको कमजोरी भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । मुस्ताङको घरपझोङ–१ चोखोपानी २ सय ४० किलोवार्डको हाईड्रो र थासाङ –१ को टुकुचेमा १३.६ मेगावार्डको हाईड्रो पावर संञ्चालनमा छ । थासाखोला हाईड्रोले नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरेको र चोखोपानी हाईड्रोको बिद्युत उतपदन कम भएको बिद्युत वितरणका कर्मचारी बताउछन् । पर्वतको मिलनचोकबाट प्रशारण हुने बिद्युत सेवामा प्राविधिक समस्या रहेको उनीहरुको भनाई छ ।
दिर्घकालीन समस्यामा रहेको मुस्ताङको विद्युत समस्याले जिल्लाका स्थानीयहरु पीडित बनेका हुन् । लक डाउन अवधिको साथी विद्युत र संञ्चार सेवाको अनियमितताले चरम लोड सेटिङको पीडा भोग्नु परेको जोमसोमका स्थानीय भिषण थकालीले दुखेसो सुनाए । उनले जनताको प्रमुख समस्या बिद्युत आपूर्ति नियमित गर्न सरोकारवाला जिम्मेवार नबनेको बताए ।





