मुख्य समाचार

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक आइतबार हस्तान्तरण गरे । बालहितकारी परियोजनाले १ लाख १ हजार सहयोग गरेको छ । परियोजनका अध्यक्ष गोविन्द पहारी र उपाध्यक्ष रामचन्द्र तिमिल्सेनाले महानगरप्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।… पुरा पढौ

लकडाउन लम्बिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने बताएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्। बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ’लकडाउन छिट्टै अन्त्य… पुरा पढौ

लकडाउनमा निरन्तर बजार अनुगमन

कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा बजारमा कालोबजारि हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमनको कामलाई तिब्रता दिएको छ । अनुगमन समितिले पोखराका मुख्य बजार क्षेत्र सगै कास्कीका अन्य भाग र तनहुका विभिन्न क्षेत्रमा गएर बजार अनुगमनको गरेको छ । यस वाहेक प्रदेशका जिल्ला जिल्लामा रहेका घरेलु कार्यालय मार्फत सवै जिल्लामा निरन्तर बजार अनुगमन भै रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल… पुरा पढौ

तनहुँमा १ युवती आइसोलेसनमा

तनहुँको शुक्लागण्डकीमा कोरोना संक्रमणको आशंकामा एक युवतीलाई आइसोलेशनमा राखिएको छ । विहिबार शुक्लागण्डकी-९ की १४ बर्षिया युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमणको आशंकामा जिपि कोइराला राष्ट्रि श्वासप्रस्वास उपचार केन्द्र झरौटाको आइसोलेशन कक्षमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ती युवती विदेशबाट नआएको भए पनि उनकी भिनाजु युएईबाट आएर ससुरालीमा केहि दिन बसेको पाइएको छ । "ज्वरो आएर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य… पुरा पढौ

कांग्रेसका १२ नेताले दिए १० विकल्प

कांग्रेसका १२ नेताले कोरोना संक्रमणलाई रोक्न लकडाउनबाट मात्रै समस्याको समाधान नहुने भन्दै १० विकल्पमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । परीक्षणको दायरा बढाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, विदेशबाट आउन चाहने र देशभित्रैका नागरिकको उद्धार गर्न, मजदुरहरूलाई राहत ल्याउनेसहितका विषय उनीहरूले सरकारसँग गरेका हुन् । सांसद पूर्वाधार कोषको रकम महामारीविरुद्धको कोषमा लगाउन, पूर्वपदाधिकारीहरूको सुरक्षा र सुविधा कटौतीसहितको माग उनीहरूले सरकारसमक्ष गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै युवा नेताहरू डा। चन्द… पुरा पढौ

संक्रमितसँग मुख्यमन्त्रीले भने : मन दह्रो गर्नू, चाडै निको हुन्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुकी कोरोना संक्रिमत युवतीलाई फोन गरेका छन् । उनले अवस्था क्रिटिकल नभएकाले चाडै निको हुने भन्दै सान्तवना दिएका छन् । अहिले धौलागिरी अस्पतालमा उपचाररत् बागलुङकी नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटासँग गुरुङले स्वास्थ्य अवस्थाबारे जानकारी लिए । युवतीले मुख्यमन्त्रीलाई आफ्नो स्वास्थ्य ठिकै रहेको उल्लेख गरिन् । मुख्यमन्त्रीले आत्मबलले कोरोना चाडै निको भएको उदाहरण दिँदै नआत्तिन आग्रह गरे । उपचारमा संलग्न डाक्टरहरुसँग नियमित सम्पर्क गरी जानकारी… पुरा पढौ

कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? : डा. रवीन्द्र पाण्डे

हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ | कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन | नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ | नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ | रुघा… पुरा पढौ

पोखरामा अलपत्र मुस्ताङीलाई घर फर्कन सकस

विश्वभरी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण भन्दै सरकारले तेश्रो पटक लक डाउनको म्याद थप्यो । थपिएको म्याद बैशाख ३ गते सम्म छ । हाल कोरोनाका कारण देखिएको मानवीय संकटको अन्त्यका लागि सरकारले लक डाउनलाई थप कडाई गरेको छ । सरकारले बिषम परिस्थितीको मध्यजनर गर्दै लक डाउन थप्यो । तर ,लक डाउन कायमै रहदा देशभरका नेपाली घर फर्किनबाट बञ्चित छन् भने त्यसमाथि थप बढी… पुरा पढौ

१९ हजार परिवारलाई राहत

कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो । गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी… पुरा पढौ

संकटमा हुन सक्ने मानसिक समस्या र समाधानका उपाय

विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् | प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ | त्यस्तै फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, खाध्य वितरक एबम उनीहरुका परिवार चिन्तित हुनु पनि स्वाभाविक हो | तर विश्वको एउटा कुनामा फैलिएको रोगबारे अर्को कुनामा चिन्ता \ तनाब हुनु भनेको यसको विश्वव्यापी मानसिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं