चैत्र २७ गते २०७६

ताजा समाचार

चैत्र २७ गते २०७६

संक्रमितसँग मुख्यमन्त्रीले भने : मन दह्रो गर्नू, चाडै निको हुन्छ



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुकी कोरोना संक्रिमत युवतीलाई फोन गरेका छन् । उनले अवस्था क्रिटिकल नभएकाले चाडै निको हुने भन्दै सान्तवना दिएका छन् ।

अहिले धौलागिरी अस्पतालमा उपचाररत् बागलुङकी नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटासँग गुरुङले स्वास्थ्य अवस्थाबारे जानकारी लिए । युवतीले मुख्यमन्त्रीलाई आफ्नो स्वास्थ्य ठिकै रहेको उल्लेख गरिन् ।

मुख्यमन्त्रीले आत्मबलले कोरोना चाडै निको भएको उदाहरण दिँदै नआत्तिन आग्रह गरे । उपचारमा संलग्न डाक्टरहरुसँग नियमित सम्पर्क गरी जानकारी लिइरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले चाडै निको हुन्छ भनी सान्त्वनासहित तातोपानी प्रशस्त पिउन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले फेसबुकमा राखेको संवादको भिडियो