चैत्र २६ गते २०७६

ताजा समाचार

चैत्र २६ गते २०७६

पोखरामा अलपत्र मुस्ताङीलाई घर फर्कन सकस



विश्वभरी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण भन्दै सरकारले तेश्रो पटक लक डाउनको म्याद थप्यो । थपिएको म्याद बैशाख ३ गते सम्म छ । हाल कोरोनाका कारण देखिएको मानवीय संकटको अन्त्यका लागि सरकारले लक डाउनलाई थप कडाई गरेको छ ।
सरकारले बिषम परिस्थितीको मध्यजनर गर्दै लक डाउन थप्यो । तर ,लक डाउन कायमै रहदा देशभरका नेपाली घर फर्किनबाट बञ्चित छन् भने त्यसमाथि थप बढी समस्या र चुनौती मुस्ताङीले भोग्न बाध्य छन् । उपल्लो मुस्ताङीहरु बर्खायामको खतीपाती थन्क्याएर जाडो छल्न पोखरा,काठमान्डौं,भैरहवा र भारत सम्म पुग्छन् । हिउदयाममा घुमन्ते व्यापार गरी चैत्र–बैशाखमा घर फर्किने उनीहरुको सदियौं देखिको चलन हो । त्यसो त उपल्लो मुस्ताङका शैक्षिक संस्थाहरु पनि हिउदमा घुम्ती कक्षा संञ्चालन गर्न पोखरा झर्छन् । यसपटक चैत्र महिनाको पहिलो सातामा उपल्लो मुस्ताङमा भारी हिमपात भयो । हिमपातले सडक अवरुद्ध हुदा मुस्ताङीहरु सडक खुल्ने प्रतिक्षामा बसे । सडक खुल्ने प्रतिक्षामा रहदा देशमा कोरोना जस्तौ जैविक माहामारी रोगको संकट उत्पन्न भयो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै फैलिनसक्ने भएकाले सरकारले मुलुक पुरै लक डाउन ग¥यो । लक डाउनका कारण अहिले मुस्ताङी पोखरामा अलपत्र बनेका छन् । उनीहरु लक डाउन खुल्ने पर्खाईमा छन् । तर लक डाउन कहिले खुल्ने भन्नेनै अन्योल देखिदा उनीहरुमा थप चिन्ता थपिएको हो ।
उपल्लो मुस्ताङको २ स्थानीय तहका जनप्रतिनिधि अहिले तनावमा छन् । पालिका भित्रका पोखरामा अलपत्र जनताले सकुशल गाउ फर्कादिने व्यवस्था गरिदिन बारम्बार अनुरोध गरेका छन् । यता सरकारले प्रदेश र स्थानीय तह समेतमा आउजाउ बन्द गरेकाले खाउ भने दिनभरीको सिकार नखाउ भने कान्छा बाउको अनुहार जस्तै भएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई उपल्लो मुस्ताङको विद्यमान अवस्था र जनताले पाएको समस्या जानकारी गराउदै यसको पहल गर्न अनुरोध गरे ।पालिकाकै अनुरोधमा बुधबार जिसस प्रमुखको अध्यक्षतामा अलपत्र मुस्ताङीलाई घर फकाउन सकिने बिकल्पका बारेमा सरोकारवालाको बैठक बस्यो । बैठकमा सरकारले गरेको लक डाउन कार्यान्वयन तथा बिकल्प र यसका चुनौतिका बिषयमा छलफल भयो । छलफलमा सिडिओ वेदप्रकास अर्यालले लक डाउनले भोग्नु परेको समस्याप्रति आफु चिन्तित रहेको तर स्थानीय प्रशासनले लक डाउन मापदण्ड तोडेर काम गर्न नसक्ने स्पष्ट पारे । उनले स्थानीय तहमा समस्या केन्द्रिय सरकारले लेखि उठाउने र आदेश आए तुरुन्तै पहल हुने जानकारी दिए । यता ,लोमान्थाङ–५ का वडाअध्यक्ष र लोघेकरका अध्यक्षले गाउका समस्याहरु बैठकमा राखेका थिए । थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले आफ्नो पालिका म्याग्दी र मुस्ताङसंग जोडिएकाले लक डाउन कार्यान्वयन गर्न विभिन्न चुनौति भोग्नु परेको बताए । उपल्लो मुस्ताङीलाई घर फर्काउन हतार गर्न नहुने सुझाउदै उनले ५ पालिका मिलेर ६ महिना खान पुग्ने राहत उपलब्ध गराउन प्रस्ताव गरे ।
समन्वय बैठकको छलफलका निर्णयः
जिल्ला समन्वय समिति मुस्ताङको आह्वानमा बुधबार बसेको सरोकारवाला सम्मिलित बैठकले २ बुदे प्रस्ताव गरेको छ । निणर्यमा पोखरामा अलपत्र मुस्ताङीलाई हाल घर फर्किने सम्भावना न्युन रहेकाले उनीहरुको हालको स्वास्थ्य अवस्था हेरेर सहज वातावरण बनाउन क्वारेन्टाईनमा राख्नु पर्ने वा नपर्ने त्यसको निक्र्योल गर्ने , अलपत्र परेकाको नियमित स्वास्थ्य परीक्षण तथा राहतका लागि प्रदेश सरकार ,जिसस कास्की,पोउनपा र संम्वन्धित स्थानीय तहलाई समन्वयका लागि अनुरोध गर्ने जनाईएको छ ।मौसमी बसाई सराई ,हिमपात तथा हाल एक मौसमी खेतीपातीको काम भएकाले मुस्ताङ फर्किनै पर्ने अतिआवश्यक भएका र स्वास्थ्य अवस्था सामान्य भएका उपल्लो मुस्ताङीलाई संम्वन्धित गापाहरुले मापदण्ड अनुसारको क्वारेन्टाईनको व्यवस्थापन गर्दै उनीहरुको नामावली संकलन गरी गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।हाल पोखरामा ३ सय बढी मुस्ताङी लक डाउन कारण अलपत्र छन् ।

फोटो क्याप्सन ः
पोखरामा अलपत्र मुस्ताङीलाई जिल्ला फर्काउने बिषयमा भएको सरोकारवा ला सम्मिलित बैठक । तस्विर ःskt।