नेपालमा एकै दिन दोब्बर भयो स‌ंक्रमितको संख्या

नेपालमा शुक्रबार एकै दिन कोभिड १९ संक्रमितको संख्या उच्च वृद्धि भएको छ । शुक्रबारमात्रै १४ नयाँ संक्रमित भेटिएपछि नेपालमा कोरोना रोगीको संख्या ३० पुगेको छ ।

शुक्रबार भारतबाट आएर उदयपुरमा लुकेर बसेका १२ जना र चितवनका २ जना गरी १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उदयपुरका संक्रमित १२ जनै पुरुष हुन् ।

चितवनबाट बिहीबार बेलुका ल्याइएका २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको छ । चितवनमा २ संक्रमित नै पुरुष हुन् । उनीहरु २७ र ६३ वर्षका छन् ।