भारतमा वैशाख २१ सम्म लकडाउन, नेपालमा के होला ?

भारतमा वैशाख २१ गतेसम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी समय थप गरेका हुन् ।

उनले यो पटक लकडाउन थप कठोरताका लागू गरिने जनाएका छन् । नेपालको लेकडाउन भने बैशाख ३ गते सकिँदै छ । अहिले वालुवाटारमा मन्त्री परिषद् बैठक जारी छ ।

पहिल्लो क्रममा नेपालमा संक्रमितको संख्या १४ पुगेको छ भने संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण रोक्न लकडाउन लब्याउने र परीक्षणको दायरा बढाउनुपर्ने सबै क्षेत्रबाट आवाज उठेकाले सरकारले लकडाउन थप्ने अपेक्षा गरिएको छ ।