पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराउनेहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका लोकन्थलीस्थित मनोरमपार्क नजिक पूर्व बाँस्कोटाको घरको पूर्व पट्टीको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका लक्ष्मण सेठ्ठि, अमृत बहादुर कुमाल र टेक बहादुर बिकलाई भक्तपुर जिल्ला अदालतको चैत ३० गते आदेश बमोजिम पुर्पक्षका लागि कारागर पठाइएको हो ।






