मुख्य समाचार

नेपाल समूह छाडेका रघुवीर र शेरबहादुर मन्त्री

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूह छाडेर आफ्नो समूहका आएका २ नेतालाई मन्त्री बनाउने भएका छन् । मधेशका नेता रघुवीर महासेठ र अर्का नेता शेरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ । उनीहरु दुवै साबिक नेकपा विवादका बेला वरिष्ठ नेता माधवकुमार नेपाल निकट थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने महासेठ… पुरा पढौ

जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटायो

राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई पदबाट हटाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गर्ने ठानिएका थापालाई पार्टीले हटाएको हो । जनमोर्चा संसदीय दलको पत्रअनुसार थापालाई कारवाही भएको पत्र बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले सुनाएका हुन् । २९ वैशाखमा फेरि मुख्यमन्त्री बनेका गुरुङले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अब उनले विश्वासको मत पाउने सम्भावना झन झिनो बनेको छ । अब गण्डकी प्रदेशसभा ६० बाट ५९ सदस्यीय भएको… पुरा पढौ

उपेन्द्रसँग छुट्टिएर हृदयेशसँग एकताको तयारी

जसपाको महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एकीकरणको तयारी गरेका छन् । त्रिपाठी समूहका नेता व्रिजेश गुप्तले जसपा अध्यक्ष ठाकुर र त्रिपाठीबीच पार्टी एकताबारे छलफल भएको पुष्टि गरे । मधेश आन्दोलनपछि बनेको तमलोपामा ठाकुर र त्रिपाठी दुवै जना थिए । राजपा गठनताका अध्यक्ष मण्डलमा नपरेका त्रिपाठी स्वतन्त्र समूह बनाएर चुनाव लडी अहिले मन्त्री छन् । २०७७ बैशाख ११ गते राजपा र समाजवादी पार्टीबीच एकीकरण… पुरा पढौ

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षकोलागि सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।  सरकारले चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ पूँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छुट्याएको छ। वजेटको पूर्णपाठ  आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदैपुनरूत्थानगर्न सकिन्छ भन्‍ने दृढविश्‍वासकासाथ म आर्थिक वर्ष २०७८/0७९… पुरा पढौ

पत्रकारलाई सरकारी अस्पतालमा सित्तैमा उपचार

सरकारले पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भएको छ । यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । नेपाल पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गरिने उनले बताए । जागिर खोसिएका पत्रकारलाई लेखनवृत्तिसमेत उपलब्ध गराउने सरकारीको तयारी छ। यसपालि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड… पुरा पढौ

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आगामी वर्षभित्रै लालपुर्जा

सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक बजेटमा यस्तो घोषणा गरेका हुन् । जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन लगायतका काम सम्पन्न गरी आगामी वर्षभित्र जग्गाधनी प्रमाण पत्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए । त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ । पुरा पढौ

फेवातालवरिपरि साइकल लेन बनाइने

सरकारले फेवाताल वरिपरि वातावरणमैत्री साइकल लेन विकास बनाउने भएको छ ।शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गरेका हुन् । सरकारले १० वर्षभित्रमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने भएको छ । विद्युती सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै २०८८ भित्र डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाउने उल्लेख छ । पुरा पढौ

वृद्ध भत्ता ४ हजार पुग्यो

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार बढाएको छ । अब साउन १ गतेबाट ज्येष्ठ नागरिकले ४ हजार भत्ता पाउने छन् । नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो व्यवस्था गरेका हुन् । यो आवमा सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । एमाले नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१ ५२ बाट वृद्धभक्ता थालनी गरेका थिए । ७५ वर्ष पुगेकाले मासिक सय रुपैयाँ भत्ता पाउथे । अघिल्लो… पुरा पढौ

चुनाव हुँदैन भन्ने भ्रममा नपरौं

सम्माननीय राष्ट्रपतिज्यू,सम्माननीय उपराष्ट्रपतिज्यू,सम्माननीय प्रधानन्यायाधीशज्यू,सम्माननीय सभामुखज्यू,सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,संवैधानिक आयोगका प्रमुखज्यूहरू,विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,राष्ट्रसेवक कर्मचारीहरू,विशिष्ट अतिथिहरू,र, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू । आज हामी गणतन्त्र दिवस मनाउँदै छौँ। गणतन्त्र दिवस नेपाली जनताको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर, आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौं । कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौँ । विवाह, ब्रतवन्ध,… पुरा पढौ

एमालेका ३ नेता गणतन्त्रको विपक्षमा थिए : वामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव आफूले राखेको उल्लेख गरेका छन् । एमालेमा घरझगडा चर्केपछि पार्टी एकता राष्ट्रिय अभियान चलाएका गौतमले पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीन नेताहरु विपक्षमा उभिएको स्मरण गरेका छन् । १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले नाम नलिए पनि केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई संकेत गरेका छन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं