सरकारले फेवाताल वरिपरि वातावरणमैत्री साइकल लेन विकास बनाउने भएको छ ।
शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गरेका हुन् । सरकारले १० वर्षभित्रमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने भएको छ ।
विद्युती सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै २०८८ भित्र डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाउने उल्लेख छ ।






