सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आगामी वर्षभित्रै लालपुर्जा

सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक बजेटमा यस्तो घोषणा गरेका हुन् । जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन लगायतका काम सम्पन्न गरी आगामी वर्षभित्र जग्गाधनी प्रमाण पत्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ ।