वृद्ध भत्ता ४ हजार पुग्यो

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार बढाएको छ । अब साउन १ गतेबाट ज्येष्ठ नागरिकले ४ हजार भत्ता पाउने छन् ।

नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो व्यवस्था गरेका हुन् । यो आवमा सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

एमाले नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१ ५२ बाट वृद्धभक्ता थालनी गरेका थिए । ७५ वर्ष पुगेकाले मासिक सय रुपैयाँ भत्ता पाउथे ।

अघिल्लो आर्थिक वर्ष अर्थमन्त्री युवराज खतिवडाले १ हजार वृद्धि गरी भक्ता ३ हजार पु¥याएका थिए । पछिल्लो समय वृद्धभक्ता भोट पाउने माध्यम बनेको छ, चुनाव घोषणा गरेको सरकारले अध्यादेशबाट बजेट ल्याएर भक्ता बढाएको छ ।