पत्रकारलाई सरकारी अस्पतालमा सित्तैमा उपचार

- ७ लाखसम्मको दुर्घटना बिमा र जागिर खोसिएका पत्रकारलाई लेखनवृत्ति

सरकारले पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भएको छ । यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । नेपाल पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गरिने उनले बताए ।

जागिर खोसिएका पत्रकारलाई लेखनवृत्तिसमेत उपलब्ध गराउने सरकारीको तयारी छ। यसपालि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको छ ।