नेपाल समूह छाडेका रघुवीर र शेरबहादुर मन्त्री

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूह छाडेर आफ्नो समूहका आएका २ नेतालाई मन्त्री बनाउने भएका छन् ।

मधेशका नेता रघुवीर महासेठ र अर्का नेता शेरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ । उनीहरु दुवै साबिक नेकपा विवादका बेला वरिष्ठ नेता माधवकुमार नेपाल निकट थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने महासेठ परराष्ट्र मन्त्री बन्ने स्रोतले जनाएको छ ।

नेपालको साथ छाडेका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।