मुख्य समाचार

राष्ट्रपतिको आह्वानविरूद्ध ६ रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाही लगायत ६ जनाले रिट पेश गरेका हुन् । पुरा पढौ

संविधान संशोधन गर्न कार्यदल

सरकारले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । एमालेभित्रै अप्ठेरो भोगिरहेका र संसदमा बहुमत गुमाएका प्रधानमन्त्रीले महन्थ ठाकुर पक्षलाई फकाउन कार्यदल बनाएका हुन् । ५ सदस्यीय कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल छन् । पुरा पढौ

राष्ट्रपतिलाई महाअभियोग लाउनुपर्ने पक्षमा कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी दलहरुसँग छलफल गर्दै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदान गर्नुपर्ने बताए । कांग्रेस पदाधिकारी बैठकलगत्तै सभापति शेरबहादुर देउव माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्दै छन् । राष्ट्रपतिबाट शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प… पुरा पढौ

राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिँदै नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गरेकी थिइन् । राष्ट्रपतिको यो कदम असंवैधानिक भएको भन्दै आलोचना भइरहेको छ । सांसद थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा दिएर प्रकृया सुरू गर्नुपर्ने विचार राखेका छन् । ‘के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन… पुरा पढौ

प्रधानमन्त्रीले मतदातालाई धम्की दिए : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता मिचेर धम्की दिएको दाबी गरेको छ । आज साँझ एक विज्ञप्ती जारी गर्दै सचिवालयले प्रधानमन्त्री ओलीलाई अमूक उम्मेदवारलाई मतदान गर्न अपिल गरेकाले कारवाही गर्न मागसमेत गरेको छ। अध्यक्ष प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस वक्तव्य जारी गर्दै जेठ ३ गतेदेखि मौन अवधि शुरू भइसकेको अवस्थामा बुधवार मतदानका लागि… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश… पुरा पढौ

गण्डकी सरकारले मन्त्रालय फुटाउने, मुख्यमन्त्रीका सल्लाहकार फेरिए

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रीमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रीमण्डलको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा भीष्म अधिकारी नियुक्त भएका छन् । यसअघि मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली थिए । एमालेबाट दोस्रो संविधानसभामा निर्वाचित भएका अधिकारी सुन्दरबजार नगरपालिका ३ लमजुङका बासिन्दा हुन् । बुधबारको बैठकले नवनियुक्त मन्त्री रामशरण बस्नेतलाई सरकारको प्रवक्ता तोकेको छ । बस्नेत यसअघि भौतिक पूर्वाधार विकास मन्त्री र सरकारका… पुरा पढौ

उपेन्द्रको व्यंग्य : राजेन्द्रलाई संसदीय दलको नेता महेश बस्नेतजीहरुले बनाउनुभएको होला !

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चुनेको हो । बिहीबार बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई नेता छानेको हो । जसपा नेपालका अध्यक्ष ठाकुरले केही दिनअघि सुरु गरेको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि थियो । यो निर्णयबारे अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी… पुरा पढौ

दोस्रो पटक मुख्यमन्त्री बने पृथ्वीसुब्बा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरूङ संविधानको धारा १६८ ३ अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गुरूङ अहिले कोरोना संक्रमित छन्। यता, गण्डकीका ४ विपक्षी दलले नयाँ सरकार गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं