राष्ट्रपतिको आह्वानविरूद्ध ६ रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाही लगायत ६ जनाले रिट पेश गरेका हुन् ।