राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी दलहरुसँग छलफल गर्दै छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदान गर्नुपर्ने बताए । कांग्रेस पदाधिकारी बैठकलगत्तै सभापति शेरबहादुर देउव माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्दै छन् ।
राष्ट्रपतिबाट शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प लगाएर निकास दिने निर्णय कांग्रेसले गरेको छ ।
बैठकमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल हुने सहमहामन्त्री सुनिलवहादुर थापाले बताए ।






