राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिँदै नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गरेकी थिइन् । राष्ट्रपतिको यो कदम असंवैधानिक भएको भन्दै आलोचना भइरहेको छ ।

सांसद थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा दिएर प्रकृया सुरू गर्नुपर्ने विचार राखेका छन् । ‘के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौँ,ु थापाले ट्विटरमा लेखेका छन्, ुयिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौँ, महाअभियोग लगाएर रापलाई बिदा गरौँ ।