सरकारले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।
एमालेभित्रै अप्ठेरो भोगिरहेका र संसदमा बहुमत गुमाएका प्रधानमन्त्रीले महन्थ ठाकुर पक्षलाई फकाउन कार्यदल बनाएका हुन् । ५ सदस्यीय कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल छन् ।






