स्वास्थ्य

३२३ संक्रमित थपिए, मृत्यु भएका थप २ मा कोरोना पुष्टि

शनिबार ३ सय २३ जना संक्रमित थपिएका छन् । २ सय ८६ पुरुष र ३७ जना महिला छन् । कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । डोल्पामा जेठ २१ गते मृत्यु भएका १ जनामा कोरोना पुष्टि भएको छ । सेतीमा ५५ वर्षीय महिलाको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको छ । उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको छ । अब कोरोनाबाट नेपालमा मृत्यु हुनेको… पुरा पढौ

डोल्पामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, मृत्यु हुने १२ पुगे

४ दिनअघि मृत्यु भएका डोल्पाका १ पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । दमका रोगी उनी बाटोमै बिरामी भएका थिए ।आरडीटी परीक्षण नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान… पुरा पढौ

वडाध्यक्ष तीन लाख घूससहित पक्राउ

पाल्पाका एक वडाध्यक्ष तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् । रुपन्देहीको सालझण्डीमा शनिबार बिहान एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो । पुरा पढौ

बाजुराको क्वारेन्टीनमा वृद्धको मृत्यु

बाजुराको क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । जेठ 16 गते भारतबाट खप्तड छेडेदह गाउँपालिका आइपुगेका उनी सोही गाउँपालिकाको वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा बसेका थिए । ६५ वर्षीय ती वृद्धको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका प्रमुख नरबहादुर रावतले बताए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भएको छ । पुरा पढौ

रुपामा भारतबाट आएका २ लाई कोरोना, उपचारका लागि पोखरा ल्याउने तयारी

कास्कीको रुपा गाउँपालिकामा शनिबार २ जनामा कोरोना संक्रमण पुष्टि भयो । २३ र ३२ वर्षका ती २ पुरुष ३ दिन अघि भारतको हैदरावादबाट आएका थिए । गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले हंसपुर घर भएका ती युवाहरु अहिले हंसपुर, रामकोट क्वारेन्टाइनमा रहेको जानकारी दिए । गाउँपालिकामा १९ जना क्वारेन्टिनमा रहेको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । हैदराबादबाट ४ जनाको टोली रुपामा आएको थियो । रामकोटको क्वारेन्टाइनमा… पुरा पढौ

कास्कीमा ४ र गण्डकीमा ७५ संक्रमित

शुक्रबार १ जनामा संक्रमण पुष्टि भएको कास्कीमा शनिबार बिहानै थप ३ जनामा कोरोना देखिएको छ । संक्रमितहरु पोखरा महानगरका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष छन् । गण्डकीमा शनिबार बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा १०, पूर्वी नवलपरासीमा ३ र बागलुङमा १ जनामा संक्रमण देखिएको छ । अब गण्डकी प्रदेशमा संक्रमितको… पुरा पढौ

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया शुरु

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्। उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन्। औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए। छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय… पुरा पढौ

कास्कीका संक्रमितको कन्ट्रयाक्ट हिस्ट्री खोजिँदै

देशमा लकडाउन भएको करिब अढाइ महिनापछि कास्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका हुन् । शुक्रबार पोखराबाट हेलिकोप्टरमा काठमाडौं लागिएका उनको त्यहाँको एक निजी अस्पतालमा उपचार भइरहेको छ । ती पुरुषमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको छ । ती संक्रमितसँग भेटेकाहरु अधिकांश सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रदेश स्वास्थ्य… पुरा पढौ

डरका विरुद्ध

भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् | यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ | डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ | हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं | डर जहिले पनि भविष्यको लागि गरिन्छ | जुन कुरा भएको छैन त्यो कुराको किन डर मान्ने ? अस्तित्व नभएको कुरासंग किन डराउने ?हामीलाई कोरोना संक्रमण भएको छैन भने किन डराउने ?… पुरा पढौ

६८ जिल्ला पुग्यो संक्रमण, २८ वर्षीय युवकको मृत्यु

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । ती युवक सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्‍वारेन्टाइनमा बसेका थिए । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको थियो । अब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं