शुक्रबार कोरोना पुष्टि भएका पोखरा महानगरपालिकाका व्यक्तिको सम्पर्कमा भएका ३८ जनाको स्वाब संकलन भएको छ ।
स्वास्थ्य निर्देशानालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त समूहले उनको सम्पर्कमा भएकाहरुको जाँजपड्ताल गरेको हो ।संक्रमितसँग सम्पर्क भएका ३८ जनाको आइतबार नमुना संकलन गरी परिक्षणका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा पठाईएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
६० वर्षीय ती संक्रमितको काठमाडौँमा उपचार भइरहेको छ । शुक्रबार घरैमा बेहोस फेला परेका उनलाई सोही दिन दिउँसो हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।




