शनिबार बिहान भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका एक पुरुषको साँझ निधन भएको छ ।
बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका सोही वडाका ३१ बर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।
साँझ बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।




