स्वास्थ्य

६८ जिल्ला पुग्यो संक्रमण, २८ वर्षीय युवकको मृत्यु

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । ती युवक सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्‍वारेन्टाइनमा बसेका थिए । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको थियो । अब… पुरा पढौ

कास्की पनि संक्रमित जिल्लाको सूचीमा

कास्कीका एक जनाका कोरोना देखिएको छ । काठमाडौंको एक निजी अस्पतालमा उपचाररत एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शुक्रबार २७८ नयाँ संक्रमित देखिएको र अहिलेसम्म २ हजार ९ सय १२ जनामा संक्रमण भएको छ । पुरा पढौ

क्वारेन्टीनमा वृद्धको मृत्यु, कोरोना जाँच गरिँदै

जुम्लामा क्वारेन्टीनमा रहेका १ व्यक्तिको बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । ती वृद्ध जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनको कोरोना जाच्ने तयारी भएको छ । पुरा पढौ

आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि  १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए । पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै… पुरा पढौ

तनहुँमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

तनहुँ जिल्लाका थप २ जना नयाँ संक्रमित थपिएका छन् । ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितहरुलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पुरा पढौ

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा

कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन |- संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन |- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन | - N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन | सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि… पुरा पढौ

प्रदेशसभाका मर्यादापालकलाई कोरोना संक्रमण

प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत ५ मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधबारबाट सुरु भएको प्रेदशसभाको चौथो अधिवेशनको बिहीबार आयोजित बैठक स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयले ५ मर्यादापालकको स्वाबको नतिजा पोजिटिभ आएको जनाएको छ । उनीहरु सबै पुरुष हुन् । प्रदेशसभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ । पुरा पढौ

पाल्पामा निधन भएका पुरुषमा कोरोना पुष्टि

मंगलबार निधन भएका पाल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनुभन्दा ५ दिनअघि भारतबाट आएका पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय ती पुरुषको स्वाबको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास जानकारी दिए । बिहीबारसम्म देशमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या १० पुगेको छ । पुरा पढौ

बाग्लुङमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

बुधवार बाग्लुङमा १० नयाँ संक्रमित थपिएका छन् । बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ जिल्ला, वडीगाड गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै गल्कोट नगरपालिका का २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोराना… पुरा पढौ

नेपालभर २३ सय संक्रमित

नेपालमा २०१ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिए । अब कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ९ पुगेको छ। कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका १ पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ। ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं