नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । ती युवक सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको थियो ।
अब नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा देवकोटाले बताए । हालसम्म ३३३ जना उपचारपछि निको भएका छन्। देशका ६८ जिल्लामा संक्रमण देखिएको छ।




