कास्कीमा ४ र गण्डकीमा ७५ संक्रमित

शुक्रबार १ जनामा संक्रमण पुष्टि भएको कास्कीमा शनिबार बिहानै थप ३ जनामा कोरोना देखिएको छ ।

संक्रमितहरु पोखरा महानगरका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष छन् । गण्डकीमा शनिबार बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

स्याङ्जामा १०, पूर्वी नवलपरासीमा ३ र बागलुङमा १ जनामा संक्रमण देखिएको छ । अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।