कास्कीका संक्रमितको कन्ट्रयाक्ट हिस्ट्री खोजिँदै

- सम्पर्कमा आएकाहरु सेल्फ क्वारेन्टाइनमा

देशमा लकडाउन भएको करिब अढाइ महिनापछि कास्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

शुक्रबार पोखराबाट हेलिकोप्टरमा काठमाडौं लागिएका उनको त्यहाँको एक निजी अस्पतालमा उपचार भइरहेको छ । ती पुरुषमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको छ ।

ती संक्रमितसँग भेटेकाहरु अधिकांश सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने क्रम सुरु भएको जनाएको छ ।

पोखरा ८ को आलुमाइला चोक बस्ने उनी शुक्रबार बिहान बेहोस फेला परेका थिए । उनलाई त्यसपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । मंगलबारै दिउसो उनलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।