क्वारेन्टीनमा वृद्धको मृत्यु, कोरोना जाँच गरिँदै

जुम्लामा क्वारेन्टीनमा रहेका १ व्यक्तिको बिहीबार राती मृत्यु भएको छ ।

चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । ती वृद्ध जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनको कोरोना जाच्ने तयारी भएको छ ।