तनहुँमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

तनहुँ जिल्लाका थप २ जना नयाँ संक्रमित थपिएका छन् । ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरुलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।