स्याङ्गजा, गोरखा, बागलुङ्ग, नवलपरासीमा थप ३८ मा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

हालसम्म मुलुकमा आइसोलेसनमा दुई हजार ८ सय ५७ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश छिमेकी देश भारतबाट आएका रहेका छन् । मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ ।