शनिबार ३ सय २३ जना संक्रमित थपिएका छन् । २ सय ८६ पुरुष र ३७ जना महिला छन् । कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
डोल्पामा जेठ २१ गते मृत्यु भएका १ जनामा कोरोना पुष्टि भएको छ । सेतीमा ५५ वर्षीय महिलाको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको छ । उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको छ । अब कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
कास्कीमा गरिएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गण्डकीका ९ जिल्लामा ७३ जना संक्रमित देखिएका छन् । देशभरका ७० जिल्लामा संक्रमण पुगेको छ ।
शनिबारसम्म पिसिआर विधिबाट ९२ हजार ७ सय ७५ जनाको परीक्षण भएको छ भने १ लाख ३७ हजार जना क्वारेन्टिनमा छन् । गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ३ सय ६५ छ ।




