कास्कीको रुपा गाउँपालिकामा शनिबार २ जनामा कोरोना संक्रमण पुष्टि भयो । २३ र ३२ वर्षका ती २ पुरुष ३ दिन अघि भारतको हैदरावादबाट आएका थिए ।
गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले हंसपुर घर भएका ती युवाहरु अहिले हंसपुर, रामकोट क्वारेन्टाइनमा रहेको जानकारी दिए । गाउँपालिकामा १९ जना क्वारेन्टिनमा रहेको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
हैदराबादबाट ४ जनाको टोली रुपामा आएको थियो । रामकोटको क्वारेन्टाइनमा अहिले २२ जना छन् ।
गाउँपालिका अध्यक्ष नवराज ओझासहित आफूहरु संक्रमित भएको क्षेत्र जाँदै गरेको र उनीहरुलाई एम्बुलेन्समार्फत पोखरा पठाउने तयारी भएको उनले बताए ।
उनीहरु दुवै बाहिरकै साधनबाट रुपा आएको र त्यहाँका साधन र व्यक्तिहरुसँग सम्पर्क नभएको जानकारी दिए ।
हंसपुरमा ७० जनासम्म अट्ने क्वारेन्टिन बनाइएको उल्लेख गर्दै उनले प्रत्येक वडामा न्यूनतम २० बेडको क्वारेन्टिनका भौतिक पूर्वाधार तयार रहेको उनको भनाइ छ ।




