वडाध्यक्ष तीन लाख घूससहित पक्राउ

पाल्पाका एक वडाध्यक्ष तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।

रुपन्देहीको सालझण्डीमा शनिबार बिहान एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो ।