डोल्पामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, मृत्यु हुने १२ पुगे

४ दिनअघि मृत्यु भएका डोल्पाका १ पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । दमका रोगी उनी बाटोमै बिरामी भएका थिए ।
आरडीटी परीक्षण नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो ।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले जनाएको छ ।